काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको सांगठनिक सुधारका लागी महत्वपुर्ण २० बुँदे प्रस्ताव प्रस्तुत गर्नुभएको छ। जारी महासमिति बैठकमा सांगठनिक प्रस्ताव प्रस्तुत गर्दै महामन्त्री थापाले डिजिटल कांग्रेसको अवधारणा जस्ता महत्वपुर्ण प्रस्तावहरु गर्नुभएको हो।
प्रस्तावमा उहाँले पार्टीका प्रत्येक सदस्यमा आफ्नो जिम्मेवारीबोध र आत्मविश्वास चाहिने उल्लेख गर्दै थापाले पार्टीको सांगठनिक संरचना र कार्यशैलिमा केही ठोस बदलाब चाहिएको उल्लेख गर्दै उहाँले कांग्रेस अब डिजिटल कांग्रेसको अवधारणा समेत अगाडी सार्नुभएको छ।
सूचना प्रविधीको प्रयोग संगठन सञ्चालनका लागी अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले कांग्रेस अब डिजिटल कांग्रेस बन्नुपर्ने उल्लेख गर्नुभएको छ।
उहाँले प्रस्तुत गरेको प्रस्तावको पहिलो नम्बरमा ध्येयको प्रष्टता, दोस्रोमा विधानको परिपालन उल्लेख गर्नुभएको छ भने, क्रमश जिम्मेवारी र जवाफदेहिता, सांगठनिक कार्यतालिका, बहस, संवाद र प्रशिक्षण,सामाजिक आन्दोलन, भातृ संघ, शुभेच्छुक संस्था, नेपाली जनसम्पर्क समिति, समावेशीता, अभिलेख प्रणाली, डिजिटल कांग्रेस, पार्टी अनुशासन,पार्टी र सरकार, प्रदेश कार्यसमिति सबलिकरण, पार्टी योद्धा सम्मान र सहयोगलगाएत उल्लेख गर्नुभएको छ ।
यस्तो छ महामन्त्री थापाले प्रस्तुत गर्नुभएको सांगठनिक प्रस्तावः
https://drive.google.com/file/d/1Smjfer1dwZp7L5LGN6-KrRbmPylR4JTO/view?usp=sharing