तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँदका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २,२ लाख रुपैयाँ दिने भएको छ ।
आज बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा दुवै परिवारलाई २/२ लाख दिने निर्णय गरिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बताउनुुभयो । तत्काल परिवारका सदस्यलाई १/१ लाख रुपैयाँ उपलब्ध गराउने र बाँकी १ लाख सन्तानको लागि मुद्धति खातामा राखिदिने निर्णय गरिएको मन्त्री बोहराले जानकारी दिनुुभयो ।
तस्करी नियन्त्रण गर्ने क्रममा तस्करद्वारा अस्थायी प्रहरी पोस्ट जुगेडाका प्रमुख समेत रहेका असई विक र प्रहरी जवान साउँदको हत्या गरिएको थियो । शनिवार राति कर्तव्यपालनका क्रममा बेपत्ता भएका विक आइतवार र साउँद मंगलवार मोहना नदीमा घाटी रेटेको अवस्थामा फेला परेका थिए ।