Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कोशीमा हाम्रो बेइमानी भएको होइन : केपी शर्मा ओली

कोशीमा हाम्रो बेइमानी भएको होइन : केपी शर्मा ओली

  • मंगलवार, फाल्गुण ८ २०८०

  • 911
    SHARES

  • कोशीमा हाम्रो बेइमानी भएको होइन : केपी शर्मा ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनको नतिजा आइसकेपछि कोशीको प्रसंगलाई लिएर राप्रपाका नेताहरूले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउनुभएको छ।

    पार्टी कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै एमालेलाई दोष लगाउन नमिल्ने उहाँले बताउनुभयो ।

    ओलीले भन्नुभयो, ‘चुनावको नतिजा आइसकेपछि एमालेले बेइमान गर्‍यो, धोका दियो भनेर लाञ्छित गरेको सुने । मैले उहाँहरूको कतै प्रतिवाद गरिन । उहाँहरूको मत ३९४ मात्रै आयो कि धेरै आयो । केही मात्रैले नपुगेको कि धेरैले ? त्यतिका मत एमालेका नभएर आकाशबाट आए । केही भोट बिग्रिए होला । राप्रपाको बिग्रिएको हुनपनि सक्छ । त्यसैले राप्रपाका प्रवक्ता भन्ने व्यक्तिले सीधै पूर्वाग्राही ढंगले एमालेविरोधी भावना रहेको भन्ने देखिन्छ ।’

    उहाँले एमाले र राप्रपाको भोटले नपुगेर अरुको पनि आउनुपर्ने अवस्था रहेको बुझ्नुपर्ने बताउनुभयो । राष्ट्रियसभामा कोशीमा राप्रपा र एमालेबीच तालमेल भएको थियो । तर, त्यहाँ एमालेको उम्मेदवारले गठबन्धनलाई हराउँदा राप्रपाले जित्न सकेन ।


    मंगलवार, फाल्गुण ८ २०८००१:५७:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij