Sep 05 2026 | २०८३, भाद्र २० गते

२०८३, भाद्र २० गते
images

कांग्रेस महासमिति बैठक: चुनावी गठबन्धन गर्न नहुने महामन्त्री थापाको प्रतिवदेनमा देउवा सहमत

कांग्रेस महासमिति बैठक: चुनावी गठबन्धन गर्न नहुने महामन्त्री थापाको प्रतिवदेनमा देउवा सहमत

  • मंगलवार, फाल्गुण ८ २०८०

  • 594
    SHARES

  • कांग्रेस महासमिति बैठक: चुनावी गठबन्धन गर्न नहुने महामन्त्री थापाको प्रतिवदेनमा देउवा सहमत

    काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहने छ । बिहान ९ बजे सुरु हुने कांग्रेसले जनाएको छ।

    ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा हिजोदेखि सुरु भएको महासमिति बैठक उद्घाटन सत्रपछि रोकिएको छ। आगामी निर्वाचनमा चुनावी गठबन्धन गर्न नहुने महामन्त्री गगन थापाको सांगठनिक प्रतिवदेनमा सभापति शेरबहादुर देउवा सहमत देखिनुभएको छ । अर्को चुनावमा कांग्रेसको चुनाव चिह्नमा मात्रै भोट हाल्न दिनुपर्ने थापाको प्रस्तावमा सभापति देउवा सहमत भएको जनाइएको छ।

    १० गतेसम्म चल्ने बैठकमा करिब २२ सय प्रतिनिधि सहभागी छन्। बैठकको बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रतिवेदन पेस गर्ने तालिका छ।

    त्यस्तै अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक र केन्द्रीय सदस्य श्याम घिमिरेले लेखा समितिको प्रतिवेदन पेस गर्नेछन्। प्रतिवेदनमाथि विभिन्न समूहमा रहेर पार्टीका प्रस्तावहरुमाथि छलफल सुरु हुनेछ।

     


    मंगलवार, फाल्गुण ८ २०८००६:५९:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij