Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा १४ अंकको गिरावट, कति भयो कारोबार ?

नेप्सेमा १४ अंकको गिरावट, कति भयो कारोबार ?

  • बिहिवार, फाल्गुण ३ २०८०

  • 727
    SHARES

  • नेप्सेमा १४ अंकको गिरावट, कति भयो कारोबार ?
    काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार(आज) नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १४.४६ अंकले घटेर २०६२.०३ विन्दुमा कायम भएको हो। अघिल्लो कारोबार दिन हिजो नेप्से परिसूचक ५.९१ प्रतिशतले बढेको थियो। 
     
    नेप्से घटेसँगै हिजोको तुलनामा कारोबार रकम पनि घटेको छ।  यसदिन ३०५ कम्पनीको १ करोड १४ लाख ७ हजार २६४ कित्ता सेयर ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार ७४१ रुपैयाँमा खरिदबिक्री भए।
     
    हिजो ४ अर्ब २५ करोड मूल्यको सेयर कारोबार भएको थियो। आज दुईवटा कम्पनीको मात्रै सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बोटलर्स नेपाल र समाज लघुवित्तीय वित्तको सेयर १० प्रतिशतले बढेको हो। 
     
    २२ करोड बढी मूल्यको सेयर कारोबार गरी हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रह्यो। सगरमाथा जलविद्युतको  ११ करोड बराबर मूल्यको सेयर कारोबार हुँदा जोशी हाइड्रोपावरको १० करोड,एनआईसी एसिया बैंक र हिमालयन ऊर्जा विकासको ८ करोड मूल्य बढीको सेयर कारोबार भयो।
     
    १३ वटा उपसमूहमध्ये १२ वटाको सूचक नकारात्मक देखिएका छन्। मनु एन्ड प्रोबाहेक १२ वटा उपसमूहको सूचक घटेको हो। आज ७९ कम्पनीको सेयर मूल्य बढ्दा १६३ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर रहेको छ ।
     


    बिहिवार, फाल्गुण ३ २०८००५:०७:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij