Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कांग्रेसकै सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्डले कांग्रेसबाट धोका भयो भन्नु आत्मघाती: बद्री पाण्डे

कांग्रेसकै सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्डले कांग्रेसबाट धोका भयो भन्नु आत्मघाती: बद्री पाण्डे

  • मंगलवार, फाल्गुण १ २०८०

  • 532
    SHARES

  • कांग्रेसकै सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्डले कांग्रेसबाट धोका भयो भन्नु आत्मघाती: बद्री पाण्डे

    नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले कांग्रेसले गठबधनबाट क्षती बेहोरिरहेको कुरा पार्टीमा छलफल भइरहने बताउनुभएको छ ।


    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पाण्डेले गठबन्धनबाट क्षती भएकाले अब कांग्रेसले एक्लै चुनाव लड्नपर्छ लगायतका कुराहरुमा छलफल भइरहने बताउनुभयो । माघ ११ गते सम्पन्न राष्ट्रिय सभाको निर्वाचन पछि कोशी प्रदेशको नतिजालाई लिएर पछिल्लो समय कांग्रेस र माओवादीमा मतभेद र दरार देखिएको छ ।

    माओवादी केन्द्रका नेताहरुले कांग्रेसले धोका दिएकाले अब कांग्रेससंगको गठबन्धनमा विकल्प सोच्नुपर्ने बताउँदै आइरहेका छन् भने कांग्रेसले यो घटनलाई नियतबस् नभएकाले आगामी दिनमा सच्याउने स्पष्टिकरण दिइरहेको छ ।

    प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि हिजो पार्टीको केन्द्रीय कमिटी बैठकमा कांग्रेसबाट आफूहरुले धोका पाएको बताउनुभएको थियो ।

    कोसी प्रदेशको चुनावी परिणामलाई संकेत गर्दै प्रचण्डले कांग्रेसबाट धोका भएकोबारे गठबन्धनमा समीक्षा हुने बताउँदै आफूहरु इमान्दार भएकाले गठबन्धनबाट जहिले नै धोका भइरहेको दाबी गर्नुभएको थियो ।

    नेता पाण्डेले आफूहरुको पनि पार्टीमा गठबन्धनका विषयमा छलफल भइरहने भएकाले माओवादीको केन्द्रीय कमिटी बैठकमा यस्ता विषय उठ्नु र प्रधानमन्त्री प्रचण्डको सार्वजनिक अभिव्यक्ति सामान्य भएको स्पष्ट पार्नुभएको छ ।

    गठबन्धन र कांग्रेसका नेताहरुसँग छलफल गरेको विषय नभएर आफ्नो पार्टीको आन्तरिक छलफलमा आएका विषयमा जवाफ दिनेक्रममा प्रचण्डले कांग्रेसले आफूहरुलाई धोका दिएको भन्ने अभिव्यक्ति व्यक्त गरेको भन्ने आफूहले बुझेको नेता पाण्डेको भनाइ छ ।

    कांग्रेसले सहयोग गरेकै कारण प्रधानमन्त्री बनेका प्रचण्डले कांग्रेससँगको गठबन्धनलाई गलत भनेर बोल्दा यसको घाटा सोयम् प्रचण्ड र माओवादी पार्टीलाई हुने नेता पाण्डेले बताउनुभयो । प्रचण्डले आफैलाई घाटा हुने र आत्मघाती कुरा बोलेको पनि नेता पाण्डेको आरोप रहेको छ ।


    मंगलवार, फाल्गुण १ २०८००८:३५:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij