Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पारित गर्न नेपाल राष्ट्र बैंकले बोलायो बैठक

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पारित गर्न नेपाल राष्ट्र बैंकले बोलायो बैठक

  • सोमवार, माघ २९ २०८०

  • 659
    SHARES

  • मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पारित गर्न नेपाल राष्ट्र बैंकले बोलायो बैठक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पारित गर्न साँझ सञ्चालक समिति बैठक बोलाएको छ ।

    ‘मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पारित गर्न साँझ ५ बजेपछि (कार्यालय समयपछि) सञ्चालक समिति बैठक बोलाइएको राष्ट्र बैंक स्रोतले बताएको छ । बैठकपछि आजै समीक्षा सार्वजनिक हुने सम्भावना रहेको बताइएको छ ।

    बोर्ड बैठकले समीक्षा स्वीकृत गरेमा आजै सार्वजनिक गर्ने तयारी रहेको ती अधिकारीले बताएका छन् । स्रोतका अनुसार सञ्चालन समितिबाट पारित भयो भने आज बेलुकासम्म मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक हुनेछ ।

    अहिले बैकहरुमा अधिक तरलता रहेकाले राष्ट्र बैकले दिनहुँजसो तरलता खिच्नु परेको छ ।

     


    सोमवार, माघ २९ २०८००२:२८:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij