Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

प्रदेश दुई सरकारलेपनि कोरोना संक्रमितको सम्पूर्ण उपचार नि:शुल्क गर्ने

प्रदेश दुई सरकारलेपनि कोरोना संक्रमितको सम्पूर्ण उपचार नि:शुल्क गर्ने

  • बुधवार, कार्तिक ५ २०७७

  • 943
    SHARES

  • प्रदेश दुई सरकारलेपनि कोरोना संक्रमितको सम्पूर्ण उपचार नि:शुल्क गर्ने

    काठमाडौं । प्रदेश दुई सरकारलेपनि कोरोना संक्रमितको सम्पूर्ण उपचार खर्च तिर्ने भएको छ। संघीय सरकारले कोरोना संक्रमितको उपचार नगर्ने भएपछि प्रदेश सरकारले प्रदेशमा रहेका सम्पूर्ण संक्रमितको उपचार खर्च र परीक्षण खर्च तिर्ने सामाजिक विकासमन्त्री नवल किशोर साहले बताए।

    संविधानले प्रदान गरेको नागरिकको निःशुल्क उपचार र सर्वोच्चको निर्णयको पालना गरेकाृ उनको भनाई छ । संघीय सरकारले कोरोनाको उपचारमा लाग्ने खर्च सम्बन्धित व्यक्तिले नै बेहोर्ने निर्णय गरेपनि प्रदेश सरकारले कुनै प्रकारको शुल्क नलिनका लागि प्रयोगशाला तथा कोरोनाको उपचार गर्ने अस्पताललाई निर्देशन पनि दिइसकेको सामाजिक विकास मन्त्री साहले बताए।

    प्रदेश २ मा हाल १५ हजारभन्दा बढी संक्रमित रहेकोमा १ हजार ८ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन्। प्रदेश १, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने जानकारी गराइसकेका छन्।


    बुधवार, कार्तिक ५ २०७७०७:०२:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij