Nov 17 2026 | २०८३, मंसिर २ गते

२०८३, मंसिर २ गते
  • यो साता चर्चामा :
images

तातोपानी नाका अब दसैँपछि मात्र सञ्चालन हुने

तातोपानी नाका अब दसैँपछि मात्र सञ्चालन हुने

  • बुधवार, कार्तिक ५ २०७७

  • 878
    SHARES

  • तातोपानी नाका अब दसैँपछि मात्र सञ्चालन हुने

    काठमाडौं । तीन सातादेखि बन्द तातोपानी नाका अब दसैँपछि मात्र सञ्चालन हुने भएको छ । स्थानीय स्तरमा भएको अनौपचारिक छलफलमा चिनियाँ पक्ष नाका खुलाउन सहमत भए पनि आवश्यक तयारी गर्दा दसैँपछि नाका खुल्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

    नाका सञ्चालनको मिति किटान गर्न भने बिहीबार चिनियाँ पक्षसंग छलफल हुने भन्सार कार्यालयले जनाएको छ । सम्भवतः दसैँलगत्तै नाकाबाट व्यापार नियमित हुने भन्सार प्रमुख लालबहादुर भनाई छ। तीन महिना बन्द भएर गत १९ असोजमा नाका खुले पनि चीनतर्फ सामान लोड गर्न गएका ७ जना नेपाली श्रमिकमा कोरोना संक्रमण देखिएपछि सञ्चालनको दोस्रो दिनमै नाका ठप्प भएको थियो ।

    अब भने चिनियाँ पक्षले नेपालमा नै सामान ल्याइदिने गरी तयारी थालिएको छ । चीनले नै तयार गरेको नेपालतर्फको भन्सार यार्डसम्म सामान ल्याइदिने सहमति भएको भन्सार प्रमुख खत्रीले बताउनुभयो ।

    नेपालतर्फ चिनियाँ कन्टेनरले सामान ल्याएर राख्ने आइसोलेटेड ठाउँको मार्किङ गर्ने काम भइरहेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो ।

    नेपाली यार्डमा रहेको आइसोलेटेड ठाउँमा चिनिया पक्षले ट्रक छोडर जाने र त्यहाँबाट नेपालीले सामान लोड गर्नेगरी तयारी गरिएको छ । यसरी सामान ढुवानी गर्दा दिनमा ७ वटासम्म चिनियाँ कन्टेनर नेपालतर्फ आउनेछन् । यता रसुवागढी नाका भने नियमित सञ्चालनमा रहेको रसुवागढी भन्सारले जनाएको छ ।


    बुधवार, कार्तिक ५ २०७७०५:३२:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij