Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

क्यानाडाविरुद्ध नेपालः यी तीन खेलाडीले बनाए अर्धशतक

क्यानाडाविरुद्ध नेपालः यी तीन खेलाडीले बनाए अर्धशतक

  • शनिवार, माघ २७ २०८०

  • 977
    SHARES

  • क्यानाडाविरुद्ध नेपालः यी तीन खेलाडीले बनाए अर्धशतक

    काठमाडौं। क्यानाडाविरुद्धको एक दिवसीय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालका ३ जनाले अर्धशतक बनाएका छन्।टीयू मैदानमा अहिले जारी खेलमा कप्तान रोहित पौडेल, देव खनाल र अनिल साहले अर्धशतक प्रहार गरेका हुन्।

    क्यानाडाले दिएको २८६ रनको लक्ष्य पछ्याउँदै नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ। सुरुमा नेपालका प्रारम्भिक ब्याटर अनिल साहले विस्फोटक ब्याटिङ गरे। उनले १९ बलमा ५० रन बनाए।आक्रमक ब्याटिङ गरेका साहले सात चौका र तीन छक्का प्रहार गरे।

    त्यस्तै यू १९ टिमका कप्तानसमेत रहेका देव खनालले ५६ बलमा अर्धशतक प्रहार गरेका हुन्। उनले चार चौका र दुई छक्का प्रहर गरे।त्यसैगरी, कप्तान रोहित पौडेलले ६७ बलमा अर्धशतक प्रहार गरे। उनले चार चौका र तीन छक्का प्रहार गरे।


    शनिवार, माघ २७ २०८००३:२५:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij