Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

प्रदेश २ सरकारले पनि कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने

प्रदेश २ सरकारले पनि कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने

  • बुधवार, कार्तिक ५ २०७७

  • 862
    SHARES

  • प्रदेश २ सरकारले पनि कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने

    प्रदेश २ को सरकारले कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने भएको छ । कोरोना परीक्षणदेखि उपचार सम्ममा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले नै व्यहोर्ने प्रदेश नंं २ का सामाजिक विकासमन्त्री नवल किशोर साहले बताउनुभयो ।

    प्रदेश सरकारले अहिले आठ वटा पिसिआर मेसिनमार्फत् प्रदेश नंं २ को प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज, गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज, रौतहटको गौर अस्पताल, महोत्तरीको बर्दिवास अस्पतालमा निःशुल्क परीक्षण गर्ने काम भइरहेको मन्त्री साहले जानकारी दिनुभयो ।

    हरेक जिल्लाको जिल्ला अस्पतालमा पनि कोरोनाको परीक्षणका लागि प्रयोगशाला स्थापनाका लागि रियल टाइम पिसिआर मेसिन खरिदका लागि प्रक्रिया अगाडि बढाएको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा. प्रमोद यादवको भनाई छ ।

    संघीय सरकारले कोरोनाको उपचारमा लाग्ने खर्च सम्बन्धित व्यक्तिले नै व्यहोर्ने निर्णय गरे पनि प्रदेश सरकारले कुनै प्रकारको शुल्क नलिनका लागि प्रयोगशाला तथा कोरोनाको उपचार गर्ने अस्पताललाई निर्देशन पनि दिइसकेको सामाजिक विकास मन्त्री साहले बताउनुभएको छ ।


    बुधवार, कार्तिक ५ २०७७०४:३१:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij