Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

संसद्मा विचाराधीन रहेका विधेयकहरू पारित गर्ने अहिलेको मूल एजेण्डा हो : रमेश लेखक

संसद्मा विचाराधीन रहेका विधेयकहरू पारित गर्ने अहिलेको मूल एजेण्डा हो : रमेश लेखक

  • सोमवार, माघ २२ २०८०

  • 727
    SHARES

  • संसद्मा विचाराधीन रहेका विधेयकहरू पारित गर्ने अहिलेको मूल एजेण्डा हो : रमेश लेखक
    काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्मा विचाराधीन रहेका विधेयकहरू पारित गर्ने अहिलेको मूल एजेण्डा रहेको बताउनुभएको छ । हिउँदे अधिवेशन भनेको कानुन बनाउने र वर्षे अधिवेशन बजेट पारित गर्ने भएकाले आजदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनमा संसद्मा विचाराधीन रहेका विधेयकहरू पारित गर्ने बताउनुभयो । यसको लागि सबै दलहरूले सकारात्मक भूमिका निर्वाह गर्न कांग्रेसले अपिलसमेत गरेको उहाँको भनाई छ ।
     
    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गदै उहाँले संसद्मा मन्त्रीहरूको उपस्थिति आवश्यक रहेको बताउनुभएको छ । संसद्मा छलफल भइरहेको विषयमा सम्बन्धित मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने बताउँदै उहाँले संसद् उठेका कुराहरूको सरकारले कार्यान्वयन गर्दा मात्र संसद्को प्रभावकारिता बढ्ने उल्लेख गर्नुभयो ।
     
    आर्थिक अपराधलाई नियन्त्रण गर्नका लागि सम्पत्ति शुद्धीकरण विधेयक, सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, भ्रष्ट्राचार नियन्त्रण ऐनमा संशोधनसम्बन्धी विधेयक लगायतका महत्त्वपूर्ण विधेयकहरू यसपालि पारित गर्नुपर्ने उहाँले बताउनुभयो ।
     
    प्रमुख सचेतक लेखकले सहकारी पीडितलाई न्याय दिलाउन संसद्मा सशक्त रुपामा आवाज उठाउने बताउँदै दोषी जो सुकै भएपनि कारबाहीको दायरामा ल्याउने दाबी गर्नुभयो ।
     


    सोमवार, माघ २२ २०८००७:५५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij