Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

करको विरोधमा आज देशभरका फिल्म हल बन्द हुने

करको विरोधमा आज देशभरका फिल्म हल बन्द हुने

  • सोमवार, माघ २२ २०८०

  • 810
    SHARES

  • करको विरोधमा आज देशभरका फिल्म हल बन्द हुने
    काठमाडौं । सोमबार देशभरका फिल्म हल बन्द हुने भएका छन् । नेपाल चलचित्र सङ्घले सरकारले लगाएको अव्यवहारिक कर खारेजीको माग गर्दै साङ्केतिक रूपमा देशभरका फिल्म हलहरू बन्द गर्ने निर्णय गरेको हो ।
     
    सङ्घले चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरू तिर्न बाध्य पारिएको भन्दै मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने  संहिताविपरीत अन्य कर लगाइएको आरोप लगाएको छ ।
     
    मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरूको खारेजीको माग गर्दै सोमबार देशभरका फिल्म हल बन्द गर्न लागिएको हलहरूले सूचना निकालेर जानकारी दिएका छन् ।
     


    सोमवार, माघ २२ २०८००६:५८:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij