Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा ५.३१ अंकको गिरावट, कारोबार ३ अर्बमा सीमित

नेप्सेमा ५.३१ अंकको गिरावट, कारोबार ३ अर्बमा सीमित

  • आइतवार, माघ २१ २०८०

  • 787
    SHARES

  • नेप्सेमा ५.३१ अंकको गिरावट, कारोबार ३ अर्बमा सीमित
    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार(आज) नेप्से परिसूचक सामान्य अंकले घटेको छ। नेप्से ५.३१ अंकले घटेर २०६१.७० विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स ०.१६ प्रतिशतले घट्यो। 
     
    यसदिन ३०७ कम्पनीको ९२ लाख ७२ हजार ७८२ कित्ता सेयर ३ अर्ब २१ करोड ६७ लाख २७ लाख २२१ रुपैयाँमा खरिदबिक्री भए। सामान्य अंकले ओरालो लागेको बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
     
    युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। यसैगरी मोलुङ हाइड्रोपावरको ९.४६, समाज लघुवित्त वित्तीयको ८.२०,भगवती हाइड्रोपावरको ६.७८ र किसान लघुवित्त वित्तीयको ६.६७ प्रतिशतले बढेको हो।
     
     
    यसदिन महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर ५.३७ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३३ करोड ५८ करोड बढी मूल्यको सेयर कारोबार भयो।
     
    यसैगरी एसियन लाइफ इन्स्योरेन्स को लिमिटेड र नेपाल इन्फ्रास्टक्चरको  १२/१२ करोड  र नगदी ग्रुप र रिडी पावरको ११/११ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
     
    ४ उपसमूहको सूचक बढ्दा ९ वटाको सूचक नकारात्मक देखिए। डेभलपमेन्ट बैंक,फाइनान्स,इन्भेस्टमेन्ट र नन लाइफ इन्स्योरेन्सको सूचक बढ्दा अन्य उपसमूहको सूचक घटेको हो।
     

    यस दिन १०४ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको मूल्य स्थिर छ ।

     


    आइतवार, माघ २१ २०८००३:४३:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij