Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

नेपाली क्रिकेटर अर्जुनलाई आईसीसीले गर्‍यो कारबाही

नेपाली क्रिकेटर अर्जुनलाई आईसीसीले गर्‍यो कारबाही

  • शुक्रवार, माघ १९ २०८०

  • 960
    SHARES

  • नेपाली क्रिकेटर अर्जुनलाई आईसीसीले गर्‍यो कारबाही

    काठमाडौं। नेपाली यू–१९ क्रिकेट टोलीका ब्याटर अर्जुन कुमाललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आईसीसी)ले कारबाही गरेको छ। दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपको खेलका क्रममा गल्तीका कारण उनी आईसीसीको कारबाहीमा परेका हुन् ।

    बंगलादेशविरुद्धको खेलको ६औं ओभरमा अर्जुन दौडेर रन पूरा गर्ने क्रममा बंगलादेशका बलरलाई विकेटको बीचमा कुहिनोले हानेपछि कारबाहीमा परेका हुन्। आईसीसी आचारसंहिताको धारा २.१२ को उल्लङ्घन गरेको भन्दै आईसीसीले कारबाही गरेको हो।

    आईसीसीको अनुशासनात्मक रेकर्डमा कारबाहीसँगै अर्जुनको ३ डिमेरिट पोइन्ट थपिएको छ। २४ महिनाको अवधिमा ४ वा सोभन्दा बढी डिमेरिट अंक पुगेमा त्यो निलम्बन अंकमा परिणत हुन्छ। दुई निलम्बन अंक एक टेस्ट वा दुई एकदिवसीय वा दुई टि–२० बाट प्रतिबन्ध बराबर हुनेछ।


    शुक्रवार, माघ १९ २०८००१:५४:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij