काठमाडौं । सरकारले सर्वोच्च अदालतको अवहेलना गरेकाले प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीलाई तत्काल पक्राउ पुर्जी जारी गर्न माग गरिएको छ ।
बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २४ घण्टाभित्र सर्वोच्च अदालनतमा उपस्थित नभए निजहरुविरुद्ध पक्राऊ पुर्जी जारी गर्न सर्वोच्च अदालतसँग माग गर्नु भएको हो ।
कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णयले सर्वोच्चको आदेशको अवहेलना भएकाले प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीविरुद्ध कारबाही प्रक्रिया अघि बढाउनु पर्ने उहाँको भनाई छ ।
उहाँले सार्वजनिक महत्वको विषयमा अदालतले दिएको आदेशको खिलापमा गएर सरकारले अदालतको अवहेलना हुँदा मौन नबस्न प्रधानन्यायाधीशको ध्यानाकर्षण गराउनु भएको छ ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले कोरोना संक्रमितको उपचारबाट सरकार पछि हट्नु संवैधानिक प्रावधान विपरित समेत भएको दावी गर्नुभयो ।