Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा हरियाली, कारोबार रकम पनि ३ अर्ब नाघ्यो

सेयर बजारमा हरियाली, कारोबार रकम पनि ३ अर्ब नाघ्यो

  • आइतवार, माघ १४ २०८०

  • 819
    SHARES

  • सेयर बजारमा हरियाली, कारोबार रकम पनि ३ अर्ब नाघ्यो

    काठमाडौं। सेयर बजार परिसुचक नेप्से साताको पहिलो कारोबार दिनमै आज हलियाली छाएको छ। आज नेप्से परिसूचक दोहोरो अंक १०.३७ अंकले बढेर २०९४.४६ विन्दुमा कायम भएको छ। आज सेन्सेटिभ इण्डेक्स पनि ०.१९ प्रतिशतले बढ्यो।

    दोहोरो अंकले बढेको बजारमा तीन कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। मिड सोलु,माथिल्ल मैलुन खोला जलविद्युत र सामलिङ पावरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा चन्द्रगिरी हिल्सका लगानीकर्ताले ९.८६ प्रतिशतले गुमाए।

    कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रहयो। सो कम्पनीको ३३ करोड बढि रुपैयाँको सेयर कारोबार भयो। यसैगरी नगदी ग्रुपको २३ करोड,रिलायबल नेपाल लाइफको १७ करोड,अरुण भ्याली हाइड्रोपावरको १४ करोड र हाथवेको १३ करोड मूल्य बराबरको सेयर खरिदबिक्री भयो।

    कारोबारमा आएका १३ उपसमूहमध्ये ९ वटाको मूल्य बढ्यो ४ उपसमूहको मूल्य घट्यो। यसदिन ३०६ कम्पनीको १ करोड ७ लाख ५१ हजार १६४ कित्ता सेयर ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५८० रुपैयाँमा खरिदबिक्री भए। आज १३७ कम्पनीको मूल्य बढ्दा ७० वटाको घट्यो भने ४ को स्थिर रह्यो ।


    आइतवार, माघ १४ २०८००३:५५:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij