Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

जीबी राईलाई पक्राउ गर्न इन्टरपोलद्वारा नोटिस जारी

जीबी राईलाई पक्राउ गर्न इन्टरपोलद्वारा नोटिस जारी

  • आइतवार, माघ १४ २०८०

  • 1.2K
    SHARES

  • जीबी राईलाई पक्राउ गर्न इन्टरपोलद्वारा नोटिस जारी

    काठमाडौं । सहकारी ठगीमा फरार रहेका जीबी राईलाई पक्राउ गर्न प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरपोलले नोटिस जारी गरेको छ ।

    इन्टरपोलले केही दिनअघि राईसहित फरार रहेका उक्त सहकारीका केही पदाधिकारीका नाममा डिफ्युजन नोटिस जारी गरेको प्रहरी प्रधान कार्यालयले बताएको छ ।

    यसअघि नेपालस्थित प्रहरी प्रधान कार्यालय मातहत रहेको नेशनल सेन्ट्रल व्युरो (एनसीबी)ले इन्टरपोललाई नोटिस जारी गर्न पत्राचार गरेको थियो ।

    राई सुदर्शन सहकारीका अध्यक्ष हुन् । राईसँगै पूर्वअध्यक्ष भुपेन्द्र राई र थानबहादुर बुढामगरविरुद्ध पनि डिफ्युजन नोटिस जारी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

     


    आइतवार, माघ १४ २०८००२:१७:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij