Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

१९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै

१९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै

  • शुक्रवार, माघ १२ २०८०

  • 513
    SHARES

  • १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै

    काठमाडौं ।  १९ वर्षमुनिको विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ। 

    समूह चरणबाट सुपर सिक्समा पुग्न निर्णायक खेलमा दुवै टोली जितको खोजीमा छन्। खेल नेपाली समय अनुसार  दिउँसो पौने २ बजे इस्ट लन्डनमा हुनेछ। ​

    समुह डी को पहिलो खेलमा न्युजिल्याण्डसँग  नेपाल ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले हारेपछि सुपर सिक्समा पुग्न नेपाललाई अन्तिम खेलमा जित्नै पर्ने दबाबमा छ।  

    यो समूहमा नेपालसँगै अफगानिस्तानले पनि आफ्नो दुवै खेल हारेको छ। त्यसैले अन्तिम खेल उसका लागि पनि निर्णायक छ। 

    प्रत्येक समूहका शीर्ष ३(३ टोली सुपर सिक्समा पुग्नेछन्।  समूह डी को शीर्ष ३ टोलीले  भारत रहेको समुह ए का शीर्ष ३ टोलीसँग खेल्नु पर्ने हुन्छ ।


    शुक्रवार, माघ १२ २०८००७:२१:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij