Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

मुगुमा भाइरल ज्वरोले तीन जनाको मृत्यु

मुगुमा भाइरल ज्वरोले तीन जनाको मृत्यु

  • बिहिवार, माघ ११ २०८०

  • 812
    SHARES

  • मुगुमा भाइरल ज्वरोले तीन जनाको मृत्यु
    काठमाडौं । मुगु जिल्लाको सोरुगाँउपालिका – ६ पुरुमुरु गाँउमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ । भाइरल ज्वरोले सोरुगाँउपालिका– ६ पुरुमुरु गाउँका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र २४ वर्षीय कुसुम ढोलीको मृत्यु भएको सोरुगाँउपालिका– ६ जिमा गाउँका कर्णजित बुमीले बताउनुभयो ।
     
    जिल्लाका पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, ख्याल्च, वुम्च, लगायत गाउँका सर्वसाधारण भाइरल ज्वरोले पीडित भएका छन् । जिल्ला अस्पताल बिरामीले भरिएका छन् ।
     
    गाउँभर बिरामी छन् तर स्थानीय सरकारबाट कुनै किसिमको सहयोग नभएको उहाँले गुनासो गर्नुभयो । विपन्न वर्ग उपचारको अभावमा छटपटाइरहेका छन् । स्वास्थ्य चौकीमा सिटामोलसमेत नपाइने अवस्था रहेको उहाँले बताउनुभयो ।
     
    यसैबीच, जिल्ला स्वास्थ्य कार्यालयले मङ्गलबार चिकित्सकसहितको टोलीबाट सोरुगाँउपालिका, पुरुमुरु र जिमा गाउँका एक सय ५० जनाभन्दा बढीको स्वास्थ्य परीक्षण गरेको छ ।
     
    जिल्ला अस्पतालका चिकित्सक कमल ढुङ्गानाले चिसोका कारण बिरामी बढेका बताउँदै ‘भाइरल फिबर’ नियन्त्रण हुन केही समय लाग्ने जानकारी दिनुभयो । उहाँले तारनतार पसिना आउने, टाउको दुख्ने, मांसपेसी दुख्ने, खानामा अरुचि हुने, कमजोर महसुस हुने भाइरल फिबरका लक्षण हुन् ।


    बिहिवार, माघ ११ २०८००२:२९:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij