Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

यस्ता छन् माघ ९ को मन्त्रिपरिषद्का निर्णयहरू 

यस्ता छन् माघ ९ को मन्त्रिपरिषद्का निर्णयहरू 

  • बुधवार, माघ १० २०८०

  • 685
    SHARES

  • यस्ता छन् माघ ९ को मन्त्रिपरिषद्का निर्णयहरू 
    काठमाडौं । सरकारले जापान सरकारबाट कोटेश्वर इन्टरसेक्सन प्रोजेक्टको लागि प्रस्तावित ३४ अर्ब ४९ करोड जापानी येन (करिब ३१ अर्ब दुई करोड नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रूप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। माघ ९ गते बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो।
     
    यस्तै गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरीसम्बन्धी विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
     
    अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको लागि नेपाली अवैतनिक महावाणिज्यदूत दीपककुमार खड्काले १० अक्टोबर २०२३ देखि लागू हुने गरी पेस गरेको राजीनामा स्वीकृत गर्ने निर्णय पनि गरिएको छ।
     
    माघ २२ गते अपराह्न: ४ बजे बस्ने गरी संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरिएको छ।
    1.jpg2.jpg


    बुधवार, माघ १० २०८००४:३८:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij