काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनका क्रममा उत्पन्न विवाद छानबिन गर्न सरकारले एक समिति बनाएको छ। हिजो बसेको मन्त्रिपरिषद्को बैठकले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचनमा भएको विवादको छानबिन गर्न समिति गठन गरेको हो।
गठित छानबिन समितिमा महान्यायाधिवक्ताको कार्यालयका सह–महान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरीक्षक र उपसचिव (लेखा) सदस्य रहेका छन्।
सरकारले गठित छानबिन समितिलाई संघको लेखा तथा कामकारबाही सम्बन्धमा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न समयावधि दिएको छ।