काठमाडौं। सेयर बजार परिसुचक नेप्सेमा आज पनि ओरालो यात्रा कायमै रहेको छ। यो साताको सुरुवातदेखी नै जारी भएको नेप्सेको ओरालो यात्रामा आज पनि सामान्य अंकले साथ दिएको छ ।
साताको तेस्रो कारोबारको दिन आज नेप्से परिसूचक ० दशमलव ४० अंकले घटेर २०९८ दशमलव २९ विन्दुमा पुगेको छ।आज ३१० कम्पनीको १ लाख १७ हजार छ सय ६६ पटकको कारोबारमा १ करोड १८ लाख १ हजार ३ सय ६० कित्ता सेयर खरिद बिक्री भएको छ।
आज कारोबार रकम भने ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार ७ सय ५१ रुपैयाँ रहेको छ । आज क वर्गको कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि ०दशमलव १९ अंकले घटेर ३८१ दशमलव १७ विन्दुमा पुगेको छ ।