Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कृषि विकास बैंकले मनायो ५७ औँ वार्षिकोत्सव, गभर्नरले गरे प्रशंसा

कृषि विकास बैंकले मनायो ५७ औँ वार्षिकोत्सव, गभर्नरले गरे प्रशंसा

  • आइतवार, माघ ७ २०८०

  • 705
    SHARES

  • कृषि विकास बैंकले मनायो ५७ औँ वार्षिकोत्सव, गभर्नरले गरे प्रशंसा

    काठमाडौं । कृषि विकास बैंकले आफ्नो ५७ औँ वार्षिकोत्सव मनाएको छ । काठमाडौंमा आयोजित वार्षिकोत्सव कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषि विकास बैंकको प्रशंसा समेत गर्नुभएको छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले बैंकको वित्तीय विवरणको प्रशंसा गर्नुभएको हो ।

    यो वर्षको पहिलो त्रैमासमा बैंक घाटामा रहेको स्मरण गर्दै गभर्नर अधिकारीले बैंकको बोर्ड, व्यवस्थापन र कर्मचारीको अथक मेहनत र प्रयासले दोस्रो त्रैमासमा राम्रो रिकभरी बढेर बैंक नाफामा गएकोमा बैंकको प्रशंसा गर्नुभएको छ ।

    बैंकले आज मात्रै दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको हो । अघिल्लो आर्थिक वर्षको यो अवधिमा बैंकले १२ करोड ८९ लाख नाफा गरेकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले १ अर्ब ३५ करोड खुद नाफा कमाएको छ । गभर्नर अधिकारीले यहि रिकभरीको प्रशंसा गर्नुभएको हो ।

    Nepal-vs-New-Zealand.jpg

    बैंकको एक तिहाईभन्दा बढी कर्जा कृषि मै लगानी रहेको उहाँले बताउनुभयो। अधिकारीले कृषिमै ठूलो अवसर रहेको र नेपालले आयात गर्ने गरेका कृषि उपजको आयात प्रतिस्थापन गर्नको लागि पनि बैंकले कृषि क्षेत्रको लगानीलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

    अघिल्लो वर्ष तरलताको कारणले गर्दा बैंकको लगानीयोग्य रकम धेरै नै कम रहेको र झन्डै झन्डै सिडी रेसियो नाघ्न लागेको उहाँले स्मरण गर्नुभयो। तर अहिले भने सिडी रेसियो ८० प्रतिशत रहेको र ठूलो लगानी गर्ने क्षमता बनाएको उहाँले बताउनुभयो ।

     


    आइतवार, माघ ७ २०८००६:१५:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij