Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नेप्से २५.६३ अंकले घट्यो, ७ अर्बको सेयर किनबेच

नेप्से २५.६३ अंकले घट्यो, ७ अर्बको सेयर किनबेच

  • आइतवार, माघ ७ २०८०

  • 770
    SHARES

  • नेप्से २५.६३ अंकले घट्यो, ७ अर्बको सेयर किनबेच

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार(आज) नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ।  नेप्से परिसूचक २५.६३ अंकले  घटेर २१३०.१८ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्डेक्स १.८८ प्रतिशतले घटेर ३८६.२० बिन्दुमा कायम भएको छ।

    आज ३०८ कम्पनीको  २ करोड  २८ लाख २० हजार २७९ कित्ता सेयर ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँमा खरिदबिक्री भए। दोहोरो अंकले ओरालो लागेको बजारमा आँखु खोला जलविद्युत,समाज लघुवित्त वित्तीय,हिमालयन लघुवित्त,मिड सोलु हाइड्रोपावर र शिव श्री हाइड्रोपावर कमाउने शीर्ष पाँचभित्र परे।

    यसदिन सीईडीबी हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर मूल्य ८.२७ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५६ करोड बढी मूल्यको सेयर कारोबार भयो ।

    हिमाल दोलखा हाइड्रोपावरको २२ करोड,अपी पावरको २० करोड,नेपाल रिइन्स्योरेन्सको २० र सोनापुरको १९ करोड बढी मूल्यको सेयर  कारोबार भयो।

    १३ वटा उपसमूहमध्ये ११ को सूचक घट्दा दुईवटाको मात्रै बढ्यो। ​​​​​​​हाइड्रोपावरको ०.२० र अन्य उपसमूहको सूचक १.३८प्रतिशतले बढेको हो।

    यसदिन ११७ कम्पनीको मूल्य घट्दा ६४ वटाको मात्रै मूल्य बढ्यो भने ६ कम्पनीको  मूल्य स्थिर रह्यो।


    आइतवार, माघ ७ २०८००३:३३:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij