Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सभामुख देवराज घिमिरे र संसदीय समितिका सभापतिबीच छलफल

सभामुख देवराज घिमिरे र संसदीय समितिका सभापतिबीच छलफल

  • आइतवार, माघ ७ २०८०

  • 579
    SHARES

  • सभामुख देवराज घिमिरे र संसदीय समितिका सभापतिबीच छलफल

    काठमाडौं । सभामुख देवराज घिमिरे र संसदीय समितिका सभापतिबीचको छलफल सकिएको छ ।

    सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा आइतबार भएको छलफलमा विधेयकहरूको अवस्था र संसद्को क्यालेन्डर बनाउने विषयमा छलफल भएको हो ।

    ‘संसद्को आउँदो अधिवेशनमा पेस गर्न विधेयकहरूको अवस्था के छ भनेर छलफल भयो । केही समितिहरूले विधेयकहरू अन्तिम चरण पुगेको जानकारी गराउनुभएको छ’, छलफलपछि सभामुख घिमिरेले भन्नुभयो ।

    उहाँका अनुसार संसदीय क्यालेन्डर बनाउने बारेमा समेत छलफल भएको छ । त्यसका लागि सबैले वातावरण बनाउनुपर्ने विषयमा सल्लाह सुझाव प्राप्त भएको पनि घिमिरेको भनाइ छ ।

    ‘१५ दिनभित्र के गर्ने, एक महिनाभित्र के गर्ने भन्नेबारेमा सभापतिबाट यसबारेमा सुझावहरू प्राप्त भयो’, सभामुख घिमिरेले भन्नुभयो, ‘बाँकी भएका विषयहरूलाई छिटो सम्पन्न गर्नुहोस्, अप्ठ्यारा समस्या छन् भने पनि राख्नुहोस्, समस्याहरूको सबै पक्षहरूसँग मिलेर छलफल गर्नुहोस् भनेको छु’, सभामुख घिमिरेको भनाइ छ ।

     


    आइतवार, माघ ७ २०८००१:५३:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij