Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

गठबन्धन तत्काल फेरबदल हुने सम्भावना छैन: रामकुमारी झाँक्री

गठबन्धन तत्काल फेरबदल हुने सम्भावना छैन: रामकुमारी झाँक्री

‘प्रमुख प्रतिपक्षले विरोध र प्रश्न गर्दैमा आत्तिनुपर्दै’
  • आइतवार, माघ ७ २०८०

  • 516
    SHARES

  • गठबन्धन तत्काल फेरबदल हुने सम्भावना छैन: रामकुमारी झाँक्री

    काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस)की सचिव रामकुमारी झाँक्रीले अहिलेको गठबन्धन तत्काल फेरबदल हुने सम्भावना नरहेको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएकी झाँक्रीले अहिलेको सत्ता गठबन्धनमा रहेका केहि दलहरुले असन्तुष्टि जनाउँदै बाहिर निस्कने तयारी रहे पनि विगतमा देखा परेको बाध्यात्मक परिस्थितिबाट सरकार र मन्त्री विगठन हुने अवस्था नदेखिएको स्पष्ट पार्नुभयो ।

    यस्तै सचिव झाँक्रीले मन्त्रीहरुको काम र क्रियाशीलताको आधारमा फेरबदल हुने दलहरुको निर्णय रहने पनि बताउनुभयो ।

    सरकार असफल भइसकेको आरोप लगाउँदै गठबन्धन भत्काउनुपर्ने एमालेको भनाइप्रति सचिव झाँक्रीले प्रमुख प्रतिपक्षको भुमिकामा रहेर गर्ने दवाव र टिप्पणीलाई अस्वभाविक भन्न नमिल्ने भएकाले सत्तामा रहेकाले प्रभावकारी काम गरेर परिणाम देखाउनुपर्नेमा जोड दिनुभयो । प्रमुख प्रतिपक्षले विरोध र प्रश्न गर्दैमा आत्तिनुपर्ने कुनै कारण नरहेको पनि उहाँको भनाइ छ ।

    सरकारलाई खबरदारी गर्ने प्रमुख प्रतिपक्षको काम नै भएकाले उसले लगाएका आरोपहरु सबै सत्य नहुने बताउँदै प्रमुख प्रतिपक्षले प्रश्न र टिप्पणी गर्ने ठाउँ नै नदिएर राम्रो काम गरेर देखाउनुपर्ने समेत सचिव झाँक्रीको भनाइ छ ।


    आइतवार, माघ ७ २०८००७:४८:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij