काठमाडौं । नेकपा एमालेका नेता सुर्य थापाले अहिलेको सरकार विस्थापन हुनुपर्ने बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले संविधान विरोधी, राष्ट्र विरोधी र जन विरोधी सरकारले राष्ट्र र जनताको हितको लागि काम गर्न नसकेको आरोप लगाउँदै यहि सरकारबाट देश अगाडि बढ्न नसक्ने भएकाले सरकार विस्थापन हुनैपर्नेमा जोड दिनुभयो ।
ठप्प रहेका विकासका कामहरुलाई अगाडि बढाउनेमा चिन्ता र चासो नभएको आरोप लगाउँदै बेथितीहरु अन्त्य गर्नतर्फ पनि कुनै मतलव नभएको सरकार पूरा असफल र निकम्मा भइसकेको नेता थापाले स्पष्ट पार्नुभयो ।
गठबन्धनका नाममा जनमत विपरितका लुटमार बन्द गर्नपर्छ भन्ने आफूहरुको माग रहेको नेता थापाको भनाइ छ । जनतालाई सडकमा ल्याएर आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्नेतर्फ संकेत गर्दै नेता थापाले सरकारको कायैशैली अझैं पनि सुध्रिएन भने आन्दोलनको विकल्प नभएको स्पष्ट पार्नुभयो ।
बिचौलिया र माफियाहरुको लागि काम गर्ने अहिलेको सरकारले जनता र देशका लागि कुनै पनि काम गर्न नसकेको र नगर्ने पनि नेता थापाको दाबी छ ।