काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवा विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने बताउनु भएको छ।
आज स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) को २४औं वाषिर्कोत्सवलाई सम्बोधन गर्दै उहाँले देशलाई कुनै पनि हालतमा अल्पविकसित देशको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा नराख्ने बताउनुभयो।
उहाँले विदेश गएका युवाहरुलाई स्वदेशमै फर्काउन नयाँ ढंगबाट काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने दिशामा सरकार अघि बढिरहेको बताउनुभयो।
विकासको प्रक्रियालाई नयाँ र तीव्रतासहित अहिले सरकारले काम गरिरहरेको बताउँदै उहाँले सुशासन प्रभावकारी बनाउने र इकोनोमी एक्टिभिटी बनाउने काम भइरहेका बताउनुभयो।
उत्पादन, रोजगारी बढाउने र व्यापार घाटा कम गर्ने दिशातिर देशलाई लैजानसके मात्रै युवाहरुलाई स्वदेशमै राख्न सकिने वस्तुगत आधार तयार हुने उहाँको भनाई छ ।