Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नेपाली कांग्रेस सधैं पहिचानको पक्षमा छ : शेखर कोइराला

नेपाली कांग्रेस सधैं पहिचानको पक्षमा छ : शेखर कोइराला

  • मंगलवार, माघ २ २०८०

  • 1.4K
    SHARES

  • नेपाली कांग्रेस सधैं पहिचानको पक्षमा छ : शेखर कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस सधैं पहिचानको पक्षमा रहेको बताउनुभएको छ ।

    नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ सुन्दरहरैंचाको प्रथम नगर अधिवेशनको उद्घाटन गर्दै नेता कोइरालाले कांग्रेसले जति पहिचानको मुद्दालाई अरु कसैले नउठाएको दाबी गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘हामीले पहिलेदेखि नै भन्दै आएका छौँ ‘द्वन्द्व पनि मेटिने र पहिचान पनि भेटिने’ सङ्घियताको मोडल आवश्यक छ ।’

    उहाँले पहिचानका नाममा समाजमा फाटो ल्याउने नभई कहि कतै कहींकतै तुष छन् भने त्यसलाई पनि मेट्ने मोडलको पहिचानको पक्षमा कांग्रेस रहेको बताउनुभयो ।

    कोइरालाले पहिचानका नाममा समाजलाई भत्काउने र द्वन्द्व बढाउने क्रियाकलाप कतैबाट पनि हुन नहुनेमा जोड दिनुभयो ।

    उहाँले तीनै तहको सरकारले सुशासन कायम गर्न लाग्नुपर्ने बताउनुभयो ।


    मंगलवार, माघ २ २०८००५:४२:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij