Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

बैंंक तथा वित्तीय संस्थाको आधारदर २०७५ सालकै अवस्थामा फर्कियो

बैंंक तथा वित्तीय संस्थाको आधारदर २०७५ सालकै अवस्थामा फर्कियो

  • सोमवार, माघ १ २०८०

  • 1.8K
    SHARES

  • बैंंक तथा वित्तीय संस्थाको आधारदर २०७५ सालकै अवस्थामा फर्कियो

    काठमाडौं । बैंंक तथा वित्तीय संस्थाको आधारदर २०७५ सालकै अवस्थामा फर्किएको छ ।

    २०७५ फागुनमा बैंकहरुको आधारदर एकल अंक ९.६६ थियो । उक्त आधारदर घट्दै २०७८ असोजसम्ममा सबैभन्दा कम ६.८३ प्रतिशत पुगेको थियो । त्यसपछि विस्तारै बढ्दै गएको आधारदर २०७९ माघमा आइपुग्दा दोहोरो अंक १०.८५ प्रतिशतसम्म पुग्यो ।

    त्यसवेला ऋणको ब्याजदर अचाक्ली महँगो भएको भन्दै उद्योगी व्यवसायीले ब्याजदर एकल अंकमा नल्याएसम्म देशमा लगानी गर्न नसक्ने बताएका थिए । कर्जाको ब्याजदर एकल अंकमा ल्याउनुपर्ने व्यवसायीहरुको चर्को दबाबका बीच अर्थमन्त्रीले ब्याजदर घटाउन पहल नै गर्नुपरेको थियो ।

    अहिले महिनैपिच्छे निक्षेपको ब्याजदर घटेको छ । माघ लागेसँगै बैंकहरुको निक्षेपको ब्याजदर औसतमा ०.८२ प्रतिशतले घटेको छ । यसले बैंकहरुले दिने कर्जाको ब्याजदर पनि सस्तो हुने आधार तय भएको छ ।

    नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर मसान्तसम्म बैंकहरुको औसत आधारदर ९.६९ प्रतिशत छ । बैंकहरुले ऋण प्रवाह गर्दा त्यही आधारदरमा टेकेर प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण गर्ने गरेका छन् ।

    बैंकहरुको आधारदर बैंकपिच्छे फरक रहेको छ । स्ट्याण्डर्ड चार्टड बैंकबाट कर्जा लिँदा सबैभन्दा सस्तो पर्ने देखिन्छ । यो बैंकको आधारदर ७.७७ प्रतिशत छ । राष्ट्रिय वाणिज्य बैंक र एभरेष्ट बैंकको आधारदर ८ प्रतिशत माथि छ ।


    सोमवार, माघ १ २०८००४:००:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij