Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाए

वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाए

  • आइतवार, पौष २९ २०८०

  • 1.4K
    SHARES

  • वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाए

    काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाको लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूको औसतमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर माघ महिनाका लागि ८.१७ प्रतिशत भएको छ । पुस महिनामा ८.९९ प्रतिशत थियो ।

    सबैभन्दा बढी ब्याज दिनेमा नेपाल बैंकर्स संघका अधयक्षसमेत रहेका सुनिल केसी सीईओ भएको बैंक एनएमबी रहेको छ । एनएमबी बैंकले सबैभन्दा धेरै ९ प्रतिशतसम्म ब्याज दिने भएको हो । एनएमबीले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएको हो । सरकारी स्वामित्वको कृषि विकास बैंकले भने सबैभन्दा कम ८.९६ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

    एभरेष्ट बैंकले पनि पुस महिनाकै ब्याजदर यथावत राखेको छ । पछिल्लो समय हरेक महिना जसो ब्याजदर घटिरहेको छ । बैकहरुमा अधिक तरलता र कम लगानी हुँदा निक्षेप व्यवस्थापनमा हम्मेहम्मे परेको छ ।


    आइतवार, पौष २९ २०८००१:५८:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij