Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

पञ्चेश्वर परियोजना बन्नु सिंगो नेपालकै लागि फाइदाजनक : परराष्ट्र मन्त्री साउद

पञ्चेश्वर परियोजना बन्नु सिंगो नेपालकै लागि फाइदाजनक : परराष्ट्र मन्त्री साउद

  • शुक्रवार, पौष २७ २०८०

  • 557
    SHARES

  • पञ्चेश्वर परियोजना बन्नु सिंगो नेपालकै लागि फाइदाजनक :  परराष्ट्र मन्त्री साउद

    काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउदले पञ्चेश्वर परियोजना ब्रेक थ्रुको विन्दुमा पुगेको दाबी गर्नुभएको छ । पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम चरणमा पुगेको र केही दिनमै ब्रेक थ्रु हुने दाबी गर्नुभयो।

    डडेलधुरामा आज बिहान भएको पत्रकार सम्मेलनमा मन्त्री साउदले पञ्चेश्वर परियोजना बन्नु सुदूरपश्चिमवासीका लागि मात्रै नभई सिंगो नेपालकै लागि फाइदाजनक रहेको बताउनुभयो।

    पञ्चेश्वर परियोजनाले यहाँको रोजगारीमा सहयोग पुर्याउने मन्त्री साउदले विश्वास व्यक्त गर्नुभयो। उहाँले पञ्चेश्वर, पश्चिम सेती, अरुण तेस्रो र अपर कर्णाली विद्युत् परियोजन अगाडि बनाउन सकेमा रोजगारीका लागि विदेश जाने युवाहरूको संख्या घट्ने बताउनुभयो।

    नेपाल–भारतबीच कालापानी, लिम्पियाधुरा लिपुलेक र सुस्ता बाहेकका सीमामा धेरै सहमति भइसकेको बताउनुभएको छ । मन्त्री साउदले सीमा विवाद समाधानका लागि दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको बताउनुभयो।

    ‘कालापानी, लिम्पियाधुरा लिपुलेक र सुस्ताबाहेकमा धेरै सहमति भइसकेको छ । यसअघि भएको सीमा नक्सांकन र रेखांकनका बेला केही ठाउँ नेपाल पक्षको भारत र भारततिरको नेपालमा आएको छ,’ उहाँले भनन्ुभयो, ‘यसमा दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको छ । सहमतिका साथ यो काम अघि बढिरहेको छ ।’

     


    शुक्रवार, पौष २७ २०८००१:२५:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij