Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कोशी प्रदेशसभाको चौथो अधिवेशन अन्त्य

कोशी प्रदेशसभाको चौथो अधिवेशन अन्त्य

  • बुधवार, पौष २५ २०८०

  • 582
    SHARES

  • कोशी प्रदेशसभाको चौथो अधिवेशन अन्त्य
    काठमाडौं । कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गर्नुभएको छ।  कोशी प्रदेश मन्त्रिपरिषद्को बुधबार(आज) बसेको बैठकले प्रदेशसभाको चालू चौथो तथा हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख खापुङसमक्ष सिफारिस गरेको थियो । 
     
    सोही सिफारिसका आधारमा प्रमुख खापुङले २५ पुस आज मध्यराति १२ बजेदेखि लागू हुने गरी कोशी प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गर्नुभएको हो । 
     
    यसअघि बसेको कोशी मन्त्रिपरिषद् बैठकले  राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०८९÷०८० को प्रदेशसभामा पेश गर्ने, कोशी प्रदेश कर तथा गैर कर सम्बन्धी विधेयक मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक तथा कानूनमन्त्री शमशेर राईले बताउनुभएको छ।
     
    यस्तै, स्थानीय तह मातहतबाट प्रदेशमा हस्तान्तरण भएर आए पनि मदन भण्डारी ट्रमा अस्पताल मंगलबारेका कर्मचारीहरू स्थानीय तहमा नै रहेकाले समायोजन, व्यवस्थापन तथा संशोधनका सिफारिस गर्ने निर्णय भएको प्रवक्ता राईले बताउनुभएको हो ।
    410866510_684796347163550_416470671765954049_n.jpg.webp


    बुधवार, पौष २५ २०८००५:२७:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij