Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

धनगढी उडेका श्री एयरलाइन्स र बुद्ध एयरको विमान सुर्खेतमा आकस्मिक अवतरण

धनगढी उडेका श्री एयरलाइन्स र बुद्ध एयरको विमान सुर्खेतमा आकस्मिक अवतरण

  • बुधवार, पौष २५ २०८०

  • 1.6K
    SHARES

  • धनगढी उडेका श्री एयरलाइन्स र बुद्ध एयरको विमान सुर्खेतमा आकस्मिक अवतरण

    काठमाडौं । आज बिहान काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्स र बुद्ध एयरको विमान सुर्खेत विमानस्थलमा अवतरण गरेका छन् ।

    बुधबार बिहान काठमाडौंबाट धनगढीका लागि उडेका दुवै विमान मौसमको गडबडीका कारण सुर्खेत विमानस्थलमा अवतरण गरिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता सुभास झाले बताउनुभयो ।

    काठमाडौंबाट बिहान मौसम खुलेपछि ९ बजेर ३० मिनेटमा उडेको जहाज तराईमा क्षेत्रमा बाक्लो हुस्सुले गर्दा अवतरण गर्न नसकिएपछि सुर्खेतमा अवतरण गरेको श्री एयरलाइन्सका कर्पोरेट अनिल मानन्धरले बताउनुभयो ।

    त्यस्तै, बुद्ध एयरको विमान ९ बजेर ४० मिनेटमा काठमाडौंबाट धनगढीका लागि उडेपछि मौसमकै कारण अवतरण गर्न नसकिने भएपछि सुर्खेतमा अवतरण गरिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता झाले बताउनुभयो ।

     


    बुधवार, पौष २५ २०८००२:४२:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij