Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

  • बुधवार, पौष २५ २०८०

  • 574
    SHARES

  • माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

    काठमाडौं । माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ ।

    विधान मस्यौदा, कार्यविभाजन र अभियानको समिक्षा गर्न बैठक बोलाएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो । बैठक २८ गते बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाडामा बस्ने उहाँले बताउनुभयो ।

    ‘मुख्य एजेण्डा विधान मस्यौदाबारे छलफल गर्ने रहेको छ । त्यसको साथसाथै अभियानको समिक्षा र आवश्यकताअनुसार कार्यविभाजन पनि हुन्छ’, उहाँले भन्नुभयो । फागुनको पहिलो साता हुन लागिएको विधान अधिवेशनका लागि माओवादीले उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्य मस्यौदा समिति गठन गरेको थियो ।

    समितिले मस्यौदा पार्टीलाई बुझाइसकेको छ ।


    बुधवार, पौष २५ २०८००२:०९:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij