Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सेतीनदी जलविद्युतमा एनएमबी बैंकले लगानीको नेतृत्व गर्ने सम्झौता

सेतीनदी जलविद्युतमा एनएमबी बैंकले लगानीको नेतृत्व गर्ने सम्झौता

  • बुधवार, आषाढ १७ २०७७

  • 726
    SHARES

  • सेतीनदी जलविद्युतमा एनएमबी बैंकले लगानीको नेतृत्व गर्ने सम्झौता

    काठमाडौँ । सामुहिक लगानीमा निर्माण कार्य भइरहेको सेती नदी जलविद्युत आयोजनामा एनएमबी बैंकले लगानी प्रतिबद्धता जनाएको छ । आफुले पनि लगानी गर्ने र अरुलाई पनि लगानी गराउन लगाउने प्रतिबद्धता पत्रमा बैंकले सोमबार हस्ताक्षर गरेको हो ।

    एनएमबी बैंकको नेतृत्वमा सेती नदी जलविद्युत आयोजनामा विभिन्न बैंकहरुले साढे ३ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन । ऋण लगानी सम्झौता भने आगामी दुई महिना भित्रमा हुने आयोजनाको प्रबद्र्धक संस्था भिजन लुम्बिनी उर्जा कम्पनी प्रालिका अध्यक्ष जगत पोखरेलले जानकारी दिनुभयो ।

    उहाँका अनुसार आयोजनामा एमएमबीसँगै नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र कर्मचारी सञ्चय कोषले लगानी गर्ने संभावना रहेको बताउनुभयो ।

    आयोजनामा १ अर्ब ५० करोड रुपैयाँ स्वपुँजी (इक्विटी) लगानी हुनेछ ।हाइड्रो इलेक्ट्रिसिट इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले पनि स्वपुँजी लगानी गर्ने पोखरेलले जानकारी दिनुभयो ।अन्य ठुला कर्पोरेट हाउसले पनि लगानी गर्ने प्रतिवद्धता जनाएका छन् ।

    यस्तैबीच कम्पनीले सोमबार नै विद्युत विकास विभागबाट विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) पनि प्राप्त गरेको छ ।

    काम सुरु भएको २७ महिनामा सम्पन्न हुने आयोजनाबाट २५ मेगावाट विद्युत उत्पादन हुनेछ । आयोजना निर्माण भइरहेको कास्कीको माछापुच्छ«े गाउँपालिकामा लकडाउनको बेलामा पनि धमाधम काम भइरहेको थियो । हेडवक्र्सको ८० प्रतिशत काम सम्पन्न भइसकेको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

     


    बुधवार, आषाढ १७ २०७७११:३५:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij