काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स सुर्खेत शाखाले मृत्यु दाबी रकम भुक्तानी गरेको छ । वीरेन्द्रनगर ३, सुर्खेत निवासी योगेश खत्रीको मृत्यु पश्चात निजको श्रीमती शान्ति कुमारी भण्डारी खत्रीलाई दाबी रकम हस्तान्तरण गरिएको हो ।
५ वर्ष पहिले ५१ लाख १८ हजार बिमाङ्कको जीवन बीमा गराउनुभएका योगेशको केही समय पहिले अचानक मृत्यु भएको थियो । उक्त बीमा वापतको बिमाङ्क रकम र बोनस रकम मध्ये उहाँले लगेको ऋण रकम र नयाँ बीमा वापतको प्रिमियम कट्टि गरि ३७ लाख ८८ हजार ३ सय २५ को चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कंडेल, नेपाल लाइफ कर्णाली प्रदेश प्रमुख अनन्त अधिकारी, अभिकर्ता संघ अध्यक्ष सन्तोष शर्मा, व्यवसायी धनबहादुर रावत, सिनियर एएम कमल गुरुङ, शाखा प्रमुख चक्रबहादुर विष्ट लगायतको उपस्थिति रहेको थियो ।
चेक हस्तान्तरण गर्दै अध्यक्ष कंडेलले भन्नुभयो, ‘हाम्रो जीवन अनिश्चित छ, कहिले कहां टुंगिने हो पत्तो हुदैन ।’ आश्रीतका लागि जीवन बीमा आवश्यक रहेको बताउँदै कंडेलले सरल र सहज प्रकृयाबाट बीमाको रकम प्राप्त गर्दा बीमा कम्पनी प्रति विश्वास बढ्ने धारण राख्नुभयो ।
त्यस्तै कर्णाली प्रदेश प्रमुख अधिकारीले नेपाल लाइफले प्रदान गर्ने बीमा सेवा सहज र सरल भएकोले नै नेपाल लाइफ प्रति विश्वास बढ्दै गएको बताउँदै आगामी दिनमा अझ परिस्कृत रुपमा बीमा सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।