Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

अब तीन दिनभित्रै लाइसेन्स पाइने

अब तीन दिनभित्रै लाइसेन्स पाइने

  • बुधवार, पौष ११ २०८०

  • 902
    SHARES

  • अब तीन दिनभित्रै लाइसेन्स पाइने

    काठमाडौं। अब सवारी चालक अनुमति पत्र लाइसेन्स तीन दिन भित्रै पाइने भएको छ। यातायात व्यवस्था विभागका अनुसार अध्ययन तथा रोजगारी र शान्ति मिसनका लागि विदेश जाने नेपालीले अब तीन दिनभित्रै लाइसेन्स पाउने भएका हुन् ।

    त्यसका लागी लाइसेन्स शीघ्र प्रिन्ट गर्न १५ पुस २०८० देखि applydinew.dptm.gov.np मार्फत निवेदन दिन सकिने विभागले जानकारी दिएको छ।

    निवेदन स्वीकृत भएको मितिले ३ दिनभित्र स्मार्ट कार्ड छपाइ गरी वितरण हुने विभागले जनाएको छ। तीन कार्यदिन भित्र कार्ड छपाइ गर्ने लक्ष्यमा विभागले ‘प्राविधिक समस्या नआएमा’ भन्ने शर्त समेत राखेको छ।

    यस्तो कार्ड विभागको सहायता कक्षबाट वितरण हुनेछ। निवेदकले सवारी चालक अनुमति पत्र लिन आउँदा उक्त पोर्टलमा अपलोड गरेका कागजातको सक्कल प्रति र अनलाइन निवेदनको प्रिन्ट लिई विभागमा जानु पर्ने समेत सूचनामा उल्लेख छ ।

     


    बुधवार, पौष ११ २०८००३:१३:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij