Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

मधेशवादी दल बिस्तारै सकिँदैछन् : राजेन्द्र महतो

मधेशवादी दल बिस्तारै सकिँदैछन् : राजेन्द्र महतो

  • मंगलवार, पौष १० २०८०

  • 757
    SHARES

  • मधेशवादी दल बिस्तारै सकिँदैछन् : राजेन्द्र महतो

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले मधेशवादी भनिएका दलहरू समाप्त हुने बाटोमा रहेको बताउनुभएको छ ।

    नेता महतोले जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी तत्काल सरकार छोडेर संघर्षमा नआए समाप्त हुने तथा नया शक्तिको उदय हुने बताउनुभएको हो ।

    सप्तरीको राजविराजमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेता महतोले मधेश आन्दोलनलाई राज्यले अपराधीकरण गरिरहेको र त्यो सरकारमा मधेशवादी पार्टी सामेल रहनुले उनहरूले समाप्तिको बाटो रोज्नु जस्तै रहेको बताउनुभयो । नेता कार्यकर्तामाथि मधेश अन्दोलनकै कारण आजीवन कारावास भइरहँदा एकथान मन्त्रीका लागि सतामा टाँसिइरहनु मधेशवादी दलहले समाप्तिको बाटो रोज्नु जस्तै भएको महतोको भनाइ छ ।

    मधेश आन्दोलनका क्रममा महोत्तरीमा भएको सुरक्षाकर्मीको हत्याको विषयमा अभिराम शर्मासहितलाई आजीवन कारावाससहितको सजाय भइरहँदा मधेशवादी दल चुप लागेर बस्नु मधेश आन्दोलनलाई अपराधीकरण गर्ने तर्फको सरकारी सोचमा समर्थन गर्नु रहेको महतोको भनाइ छ ।

     


    मंगलवार, पौष १० २०८००२:०६:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij