Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

वर्तमान सरकारले सुशासनका पक्षमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ : माओवादी नेता गणेश शाह

वर्तमान सरकारले सुशासनका पक्षमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ : माओवादी नेता गणेश शाह

मिटर ब्याजीहरूलाई नियन्त्रण गर्नु सरकारको सबैभन्दा राम्रो काम
  • मंगलवार, पौष १० २०८०

  • 720
    SHARES

  • वर्तमान सरकारले सुशासनका पक्षमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ : माओवादी नेता गणेश शाह
    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव गणेश शाहले वर्तमान सरकारले सुशासनका पक्षमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गर्नुभएको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको एक वर्ष पुरा हुँदा ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, विमानस्थलबाट हुने सुन तस्करी प्रकरण लगायतमा काम  गरेर भ्रष्टाचार नियन्त्रणमा सरकार प्रयत्नरत रहेको बताउनुभयो ।
     
    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै शाहले रातारात कुनै उपलब्धि नहुने बताउँदै अहिले देशको अर्थतन्त्र पनि सुधारको लयमा रहेको जिकिर गर्नुभयो । नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध पनि अहिले राम्रो रहेको र मैत्रीपूर्ण सम्बन्ध बिस्तार गर्ने प्रयास गरिरहेको उहाँको भनाई छ ।
     
    अहिलेको संविधान र निर्वाचन प्रणालीबाट आउने सरकारले तीव्र गतिमा काम गर्न नसक्ने बताउँदै  शाहले प्रधानमन्त्री प्रचण्डले इमान्दारीताकासाथ प्रयास गरिरहेको औंल्याउनुभयो । मिटर ब्याजीहरूलाई नियन्त्रण गर्नु सरकारको सबैभन्दा राम्रो काम रहेको उहाँको भनाई छ ।
     


    मंगलवार, पौष १० २०८००९:१७:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij