Aug 28 2026 | २०८३, भाद्र १२ गते

२०८३, भाद्र १२ गते
  • यो साता चर्चामा :
images

दाङमा कुखुरा चोर्न खोजेको आरोपमा एक जनाको हत्या

दाङमा कुखुरा चोर्न खोजेको आरोपमा एक जनाको हत्या

  • शुक्रवार, आश्विन ३० २०७७

  • 1.2K
    SHARES

  • दाङमा कुखुरा चोर्न खोजेको  आरोपमा एक जनाको हत्या

    दाङको देउखुरीमा बिहीबार राति कुटपिटबाट युवकको मृत्यु भएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । राप्ती गाउँपालिका–३ नयाँ बस्तीका १८ वर्षीय नरेश चौधरीमाथि कुखुरा चोरेको भन्दै कुटपिट भएको हो ।

    छिमेकी ६० वर्षीय खलबहादुर घर्ती र उनका २५ वर्षीय छोरा ओमप्रकाशले कुटपिट गर्दा चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । राति कुखुरा कराएपछि घर्ती परिवारले चौधरीलाई कुखुरा चोर्न लागेको आरोप लगाएको र त्यस क्रममा विवाद हुँदा बाबुछोरा मिलेर लाठीले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

    गम्भीर घाइते चौधरीको अत्यधिक रक्तस्रावका कारण राति घरमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका इन्चार्ज प्रहरी निरीक्षक भुवन भट्टले बताउनुभयो । कुटपिट गर्ने बाबुछोरालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभएको छ ।

     


    शुक्रवार, आश्विन ३० २०७७०१:४१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij