Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड नेतृत्वको सरकार इतिहासकै सर्वाधिक असफलः पदम गिरी

प्रचण्ड नेतृत्वको सरकार इतिहासकै सर्वाधिक असफलः पदम गिरी

  • सोमवार, पौष ९ २०८०

  • 1.3K
    SHARES

  • प्रचण्ड नेतृत्वको सरकार इतिहासकै सर्वाधिक असफलः पदम गिरी

    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रचण्ड नेतृत्वको सरकार इतिहासकै सर्वाधिक असफल सरकार भएको दाबी गर्नुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहनुभएका गिरीले एक वर्षको अवधिमा सरकारले गरेका कामहरुलाई नियाल्ने हो भने कुनै पनि क्षेत्रमा सन्तोषजनक उपलब्धिहरु नभएको बताउँदै उहाँले सुशासनको पाटोमा सबैभन्दा कमजोरी अवस्था यहि अवधिमा रहेको स्पष्ट पार्नुभयो ।

    विकाश निर्माण र पुँजीगत दृष्टिकोणमा पनि अत्यन्तै न्युन पुँजीगत खर्च देखिएको नेता गिरीले औंल्याउनुभयो । यस्तै विकाश निर्माणका काम प्राय ठप्प अवस्थामा रहेको, युवा पलायन दिनदिनै बढिरहेको, बेरोजगारी बढिरहेको,उद्योगाी, व्यापारी, व्यवसायी, मजदुर र किसान कुनै पनि पक्ष सन्तुष्ट नभएको अवस्थामा सरकारलाई सफल र चित्त बुझाउने अवस्था नभएको नेता गिरीको भनाइ छ ।

    मुलुक यतिबेला चरम निराशाजनक अवस्थामा आएको बताउँदै उहाँले यसलाई समाधान कसरी गर्ने भनेर सरकारले कहि पनि खोजी नगरेको समेत आरोप लगाउनुभयो । सरकार जनताप्रति उत्तरदायि र जवाफदेहि पनि नभएको नेता गिरीको तर्क रहेको छ ।

    यस्तै नेता गिरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले सत्ताका मान्छेलाई उम्काउने र सत्तालाई बिझाएका मान्छेलाई थुन्ने काम गरहेको आरोप लगाउनुभयो । सुन प्रकरण होस् या बालुवाटार प्रकरण यि सबै प्रकरणमा सरकारले सानातिना भरियाहरुलाई थुनेर ठुला मान्छेलाई उन्मुक्ती दिएर जनतालाई देखाउने र भ्रममा पार्ने काम गरिरहेको स्पष्ट पार्नुभयो ।


    सोमवार, पौष ९ २०८००७:४३:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij