Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

५ महिनामा १ खर्ब ७० अर्ब भन्सार राजस्व उठ्यो

५ महिनामा १ खर्ब ७० अर्ब भन्सार राजस्व उठ्यो

  • आइतवार, पौष ८ २०८०

  • 666
    SHARES

  • ५ महिनामा १ खर्ब ७० अर्ब भन्सार राजस्व उठ्यो

    काठमाडौं । चालू आर्थिक वर्षको ५ महिनामा १ खर्ब ७० अर्ब भन्सार राजस्व उठेको छ ।

    भन्सार विभागका अनुसार आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा कूल ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख ६४ हजार रुपैयाँ बराबरको विदेशी माल वस्तुको आयात भएको छ ।

    सोही अवधिमा यताबाट जम्मा ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात हुन सकेको छ । आयात निर्यातको ब्यालेन्स हेर्दा चालु आर्थिक वर्षको ५ महिनामा सरकारलाई कूल ५ खर्ब ७९ अर्ब १५ लाख २९ हजार रुपैयाँ खुद घाटा लाग्न पुगेको छ । तथापि, अघिल्लो वर्षको तुलनामा यो कम हो ।

    आयात निर्यातबाट सरकारले ५ महिनामा कूल १ खर्ब ७० अर्ब ९८ करोड १२ लाख ६८ हजार रुपैयाँ राजस्व सङ्कलन गर्न सफल भएको हो । जुन कूल आयात–निर्यातको कूल परिमाणको २४.२४ प्रतिशतको हिस्सा हो । समीक्षा अवधिमा कूल ७ खर्ब ५ अर्ब ४१ करोड ६३ लाख ९९ हजार रुयैयाँ बराबरको वस्तु आयात तथा निर्यात भएको छ ।

     


    आइतवार, पौष ८ २०८००२:२२:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij