Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कांग्रेसमा दोस्रो वरीयताका लागि देखिएको विवाद केन्द्रिय कार्यसमितिको बैठकबाट टुङग्याउनुपर्छ: प्रदीप पौडेल

कांग्रेसमा दोस्रो वरीयताका लागि देखिएको विवाद केन्द्रिय कार्यसमितिको बैठकबाट टुङग्याउनुपर्छ: प्रदीप पौडेल

  • आइतवार, पौष ८ २०८०

  • 514
    SHARES

  • कांग्रेसमा दोस्रो वरीयताका लागि देखिएको विवाद  केन्द्रिय कार्यसमितिको बैठकबाट टुङग्याउनुपर्छ: प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कांग्रेसमा दोस्रो वरीयताको कुरालाई केन्द्रिय कार्यसमितीको बैठकबाट टुङग्याउन सक्नुपर्ने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले यो वरिष्ठ नेता भनेर विधानमै उल्लेख नभएको र परिभाषित विषय पनि नभएकाले अभ्यासमा गर्दै आइरहेको विषय भएकाले पार्टीले केन्द्रिय कार्यसमितीको बैठकबाट टुङग्याउन सक्नुपर्ने कुरामा जोड दिनुभयो ।

    कांग्रेसमा उपसभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाबीच पार्टी वरीयतामा दोस्रो स्थान कसले लिने भन्ने विवाद चर्किएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको मर्यादाक्रममा सभापति शेरबहादुर देउवापछि उपसभापति खड्का हुनुहुन्छ ।

    १४ औं महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका कोइरालाले ४० प्रतिशत मत पाएसँगै ‘वरिष्ठ’ नेता दिनुपर्ने माग संस्थापनइतर पक्षबाट उठ्दै आएको छ । उहाँले पार्टीमा ‘वरिष्ठ’ नेताको हैसियत पाएमा मात्रै सभापतिपछिको दोस्रो स्थानको मर्यादा पाउनुहुन्छ । अहिले उहाँ पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीपछिको पहिलो नम्बरमा हुनुहुन्छ । जसअनुसार कोइरालाको स्थान मर्यादाक्रममा २५ औं नम्बरमा छ ।

    कोइरालालाई वरिष्ठ नेतासहितको दोस्रो स्थान दिने कि नदिने भनेर आन्तरिक तहमा बढिरहेको विवाद अहिले प्रदेश सम्मेलनहरूमा समेत देखिन थालेको छ ।

    संस्थापनइतर पक्षले नेतृत्व गरेको प्रदेशमा उपसभापति खड्कालाई र इतरपक्षले नेतृत्व गरेको प्रदेशमा वरिष्ठ नेताको हैसियत दिएर कोइरालालाई सभापतिपछिको विशिष्ट अतिथिमा बोलाउने गरिएको छ । सभापति देउवापछि दोस्रो वरीयता नपाउने अवस्था भएमा खड्का र कोइराला दुवैले कार्यक्रम नै बहिष्कार गर्ने गरेका छन् ।

    यस्तै अर्को प्रसंगमा नेता पौडेलले अहिलेको सरकारले राम्रो काम गर्न नसकेको आरोप लगाउनभएको छ । पछिल्लो समय जति पनि काण्डहरु आइरहेका छन् ती सबैको गरिहराईमा पुगेर अनुसन्धान गरेर सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिदै उहाँले भ्रष्टाचार अन्त्य हुने गरेर काम गर्न आग्रह गर्नुभयो ।

    निर्वाचन भोलि पनि आउने भएकाले जनताको लागि काम गर्छु भनेरै सत्तामा पुगेकाहरुले जनताकै लागि काम गरेर देखाउनुपर्ने नेता पौडेलको भनाइ छ ।


    आइतवार, पौष ८ २०८००८:१७:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij