Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सरकारी मान्छेको आडबिना कुनै पनि भ्रष्टाचार हुन सक्दैँन: ऋषिकेश पोखरेल

सरकारी मान्छेको आडबिना कुनै पनि भ्रष्टाचार हुन सक्दैँन: ऋषिकेश पोखरेल

  • शुक्रवार, पौष ६ २०८०

  • 811
    SHARES

  • सरकारी मान्छेको आडबिना कुनै पनि भ्रष्टाचार हुन सक्दैँन: ऋषिकेश पोखरेल

    काठमाडौं । सासार्वजनिक लेखा समितीका सभापति ऋषिकेश पोखरेलले सरकारी मान्छेको आडविना कुनै पनि भ्रष्टाचार नहुने बताउनुभएको छ ।


    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पोखरेलले एनसेलका चारपाँचवटा विषयहरु उस्ले दिएका कानुनी चुनौती, ठुलो मूल्यको अन्तरमा भएको खरिदविक्री, राजश्वमा भएको कर छली, विदेशमा नै गरिने खरिदविक्री, स्वामित्व हस्तान्तरणमा आएको समस्यालगायत यति ठुला कारोबार कुनै न कुनै सरकारी र ठुला मान्छेको आडबिना कसरी ग¥यो भन्ने प्रश्न गर्दै यसलाई ३० दिनभित्र छानविन र अनुसन्धान गरि यो विषयलाई कारवाहीको प्रक्रियामा अगाडि बढाउन र जनतामाझ सार्वजनिक गर्न माग गर्नुभयो ।

    सरकारले एनसेलको सेयर खरिद–बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको छ । पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।

    यस्तै पोखरेलले अनुसन्धानका लागि छानविन समिति बनेको १४ दिन पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अरु नै समितीमा गएर, म मात्रै होइन अरु पनि छन् एनसेलका मान्छेहरुसँग बसउठ गर्ने, खाइपिई गर्ने भन्दै अभिव्यक्ति दिनुलाई त्यो समितीको बैठक प्रायोजित हो भनेर बुझ्न र भन्न कुनै पनि समस्या नरहेको स्प्ष्ट पार्नुभयो ।

    यहि पुष ३ गते प्रधानमन्त्री प्रचण्डलेसंसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एनसेलको शेयर खरिद गरेका सतिशलाल आचार्यसँग राम्रै चिनजान रहेको बताउनुभएको थियो ।

    उक्त समितीको बैठकमा प्रधानमन्त्री प्रचण्डले सतिशलालको नाम नलिएर शेयर खरिद बिक्री गर्नेहरुलाई चिनेको बताउनुभएको थियो । उहाँले आफूले मात्र नभएर कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली पनि सिंगापुर जाँदा उनीहरुकहाँ बस्ने गरेको दाबी गर्नुभएको थियो ।


    शुक्रवार, पौष ६ २०८००९:०५:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij