पाल्पा । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिनिधित्व गर्दै पाल्पाकी गिता कुमारी तिवारीले कोट अफ द टेवल (सिओटी)को शर्त पुरा गर्न सफल हुनु भएको छ ।
विगत १ वर्ष देखी ईन्स्योरेन्स क्षेत्रमा लाग्नुभएकी गिताकुमारी हाल आफ्नो निजी व्यवसायसंगै बिमा क्षेत्रमा आवद्ध हुनुहुन्छ। उहा अन्तराष्ट्रिय एजेन्सी संस्था MDRT -2024 को पहिलो MDRT हुदै हाल COT 2024 को लागि योग्य हुन सफल हुनुभएको हो।
MDRT भनेको मिलियन डलरको राउन्ड टेबल हो। यो सन् 1927 मा विश्वव्यापी रूपमा मान्यता प्राप्त विश्वको सबैभन्दा धेरै बिक्री गर्ने बीमा एजेन्टहरू र वित्तीय सेवा पेशेवरहरूको स्ट्यान्डअलोन संघको रूपमा स्थापना भएसंगै थप कोर्ट अफ द टेबल (सीओटी) MDRT सदस्यतालाई जीवन बीमा र वित्तीय सेवा व्यवसायमा बिक्री उत्कृष्टताको सुनौलो मानकको रूपमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त छ।
यो केवल विश्वको सबैभन्दा सफल वित्तीय सेवा प्रदायक एजेन्सीलाई दिइन्छ, जसले क्लबको उत्कृष्ट र चुनौतिपूर्ण योग्यताहरू पूरा गर्दछ । नेपाल जस्तो हालको अवस्थामा एक एजेन्सीले असाधारण व्यावसायिक ज्ञान प्रदर्शन गर्ने, कडा नैतिक आचरण र उत्कृष्ट ग्राहक सेवा गर्दा मात्र यो उपाधीको लागी योग्य हुन सक्दछ ।
यस विचमा व्यवसाय र बिमा क्षेत्रका ग्राहकलाई उच्चतम सेवा प्रवाह गरेवापत तिवारी बर्ष-2024 COT को लागी योग्य हुनुभएको हो। पाल्पा जिल्लाबाट बीमा एजेन्टको रुपमा काम गर्दै आएकी तिवारीले समय सीमाको १५ दिन अगाडी नै आफ्नो व्यक्तिगत कोडमा प्रथम बिमा शुल्क रू १ करोड २८ लाख बराबर पुरा गरी COT को लागी योग्य हुनुभएको रिलायबल लाईफ इन्स्योरेन्स पाल्पाका शाखा प्रमुख सुबास गैरेले जानकारी दिनुभएको छ।
उहाँका अनुसार २०२४ का लागि रिलायबल लाईफ कम्पनिमा COT योग्य हुने तिवारी रिलायबल लाईफमा पहिलो अभिकर्ता हुनुहुन्छ । इमान्दारीता र लगनशीलताको प्रतिफल तिवारीले प्राप्त गरेको उच्चसम्मान गर्दै यस नमुनायोग्य कार्यले सबै अभिकर्ता MDRT साथै कर्मचारीहरूलाई थप उत्साह मिलेको प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले बताउनुभयो ।