Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

द्रुतमार्ग निर्माणमा सेनाले काम गर्न नसके अर्को विकल्प खोजौँ : सांसद कार्की

द्रुतमार्ग निर्माणमा सेनाले काम गर्न नसके अर्को विकल्प खोजौँ : सांसद कार्की

  • बुधवार, पौष ४ २०८०

  • 547
    SHARES

  • द्रुतमार्ग निर्माणमा सेनाले काम गर्न नसके अर्को विकल्प खोजौँ : सांसद कार्की

    काठमाडौं । सांसद चन्दा कार्कीले द्रुत मार्ग निर्माणमा सेनाले काम गर्न नसके अर्को विकल्पमा जानुपर्ने बताउनुभएको छ ।

    बुधवार संसद्को राज्यव्यवस्था समितिको बैठकमा बोल्दै उहाँले एकातिर आर्थिक भार थपिँदै जाने र काम पनि गर्न नसक्ने हो भने अर्को विकल्पमा जानुपर्ने बताउनुभयो ।

    सांसद कार्कीले ७१ किलोमिटर बाटो बनाउन ६ वर्ष लागेको बताउँदै बाँकी ७२ प्रतिशत काम ३ वर्षभित्र कसरी सकिन्छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सेनाको मुख्य ध्यान राष्ट्रिय सुरक्षामा हुनुपर्ने समेत बताउनुभयो । सांसद कार्कीले भन्नुभयो– ‘काम ढिला भयो भए जरिवाना हुन्छ । सेनालाई जरिवाना हुँदैन क्यारे। सेनाले ठेकेदारलाई कारबाही गरेको छ कि छैन ? समस्यामाथि को जिम्मेवार हुने ? गफ गरेर मात्रै हुँदैन। खोकनामा किन विवाद आयो ?’

    उहाँले अहिलेसम्म समितिले के के काम गर्‍यो भन्ने कुरा पनि बाहिर आउनुपर्ने बताउनुभयो । ‘यो आयोजनामा पनि भ्रष्टाचार भएको पो छ कि। कालिकालाई किन काम दिएको ? सुरक्षा को कुरा के हुन्छ। सार्वजनिक खरिद एनमा टेकेर किन काम नगरेको ?’ सांसद कार्कीले बैठकमा प्रश्न थियो ।


    बुधवार, पौष ४ २०८००१:४४:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij