Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सर्वाेच्चको आदेशः ‘स्वास्थ्यमन्त्रीको निर्णय खारेज गर, डा.सन्तोष पौडेललाई वीर अस्पतालमै फर्काउ’

सर्वाेच्चको आदेशः ‘स्वास्थ्यमन्त्रीको निर्णय खारेज गर, डा.सन्तोष पौडेललाई वीर अस्पतालमै फर्काउ’

  • मंगलवार, पौष ३ २०८०

  • 849
    SHARES

  • सर्वाेच्चको आदेशः ‘स्वास्थ्यमन्त्रीको निर्णय खारेज गर, डा.सन्तोष पौडेललाई वीर अस्पतालमै फर्काउ’

    काठमाडौं। सर्वोच्च अदालतले डा.सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ।

    आज न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पौडेललाई हटाउने मन्त्री बस्नेतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। यो आदेशसँगै वीरको निर्देशकबाट हटाइनु भएका डा सन्तोष पौडेललाई पुनः वीर अस्पतालमा फर्किन बाटो खुलेको छ।

    गत १४ मंसिरमा मन्त्री बस्नेतले वीर अस्पतालको निर्देशकबाट हटाएपछि पौडेलले आफूलाई हटाउने मन्त्रीको निर्णयविरुद्ध सर्वोच्चमा रिट दिनुभएको थियो। सोही रिटमाथी बहस गर्दै इजलासले यस्तो आदेश दिएको हो।


    मंगलवार, पौष ३ २०८००४:१०:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij