Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

देशलाई समस्या परेका बखत कांग्रेसले निकास दिने गरेको छ : अर्थमन्त्री महत

देशलाई समस्या परेका बखत कांग्रेसले निकास दिने गरेको छ : अर्थमन्त्री महत

  • मंगलवार, पौष ३ २०८०

  • 675
    SHARES

  • देशलाई समस्या परेका बखत कांग्रेसले निकास दिने गरेको छ : अर्थमन्त्री महत

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले समस्या परेका बखत देशलाई निकास दिने काम कांग्रेसले गर्ने गरेको बताउनुभएको छ ।

    मंगलबार हेटौंडामा आयोजित नेपाली कांग्रेस मकवानपुरको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री महतले वर्तमान सरकारले समस्याको चाङ्लाई पन्छाउँदै देशलाई सकारात्मक बाटोमा डोर्‍याउने काम गरेको र सो काममा कांग्रेसका मन्त्रीहरुले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउनुभयो ।

    पछिल्लो समय देशले परिवर्तनको बाटोमा सकारात्मक दिशा पहिल्याएको उहाँले बताउनुभयो । उनले देशको अर्थतन्त्रमा निकै सुधार आएको र त्यसको नेतृत्व अर्थ मन्त्रालयमार्फत आफूले गरेको बताउनुभयो ।

    ‘देशलाई संकट परेको बखत कांग्रेसले नै समस्या समाधान गर्ने गरेको छ । वर्तमान अवस्थामा पनि देशको अर्थतन्त्र संकटमा थियो । थुप्रै समस्याको चाङलाई समाधान गर्दै सरकारअघि बढिरहेको छ । त्यसको नेतृत्व कांग्रेसका तर्फबाट अर्थ मन्त्रीको भूमिकामा मैले गरिरहेको छु,’ उहाँले भन्नुभयो, ‘अहिले अर्थतन्त्रको सम्पूर्ण इन्डिकेटर सकारात्मक दिशामा अग्रसर भइरहेको छ । एक वर्षका लागि डलर सञ्चिति सुनिश्चित छ । सेयर बजार र घरजग्गा कारोबार बढ्दो क्रममा रहेको छ । अब आर्थिक गतिविधि चलायमान हुन थालेको छ ।’

    मन्त्री महतले अर्थतन्त्रलाई बलियो बनाउने प्रयत्न स्वरूप ४ विधामा सरकारले काम गर्ने रणनीति लिएको बताउनुभयो। सरकारले जलविद्युत उत्पादन र विक्री गर्ने योजनामा काम गरिरहेको उहाँले बताउनुभयो । जल विद्युतमा लगानी बढाउने र उत्पादित विद्युत विदेशमा बिक्री वितरणसँगै स्वदेशमा विद्युतीय सवारी तथा उपकरणको बढुवा दिएर पेट्रोलियम पदार्थको खपत घटाउनेतर्फ सरकारले काम गरेको उहाँको भनाई छ ।


    मंगलवार, पौष ३ २०८००४:०९:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij